परराष्ट्रमन्त्री खनालसँग युरोपेली संघका सदस्य राष्ट्रका राजदूतहरूको संयुक्त भेट
११ जेठ, २०८३, सोमवार
- भेटका क्रममा मन्त्री खानालले युरोपेली संघले नेपालसँग गर्दै आएको विकास साझेदारीको प्रशंसा गर्दै व्यापार, जलवायु परिवर्तन, शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य अझ सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौं: काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघका सदस्य राष्ट्रका राजदूतहरूले आज परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खानालसँग संयुक्त शिष्टाचार भेट गरेका छन् ।
भेटका क्रममा मन्त्री खानालले युरोपेली संघले नेपालसँग गर्दै आएको विकास साझेदारीको प्रशंसा गर्दै व्यापार, जलवायु परिवर्तन, शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य अझ सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनले सुशासनका प्रमुख आधारका रूपमा छिटो र प्रभावकारी सेवा प्रवाह तथा भ्रष्टाचारविरुद्धको कडा अडानलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै तीसँगै द्रुत आर्थिक विकास पनि सरकारको मुख्य लक्ष्य रहेको बताएका थिए ।
मन्त्री खानालले लगानीमैत्री वातावरण निर्माण, निर्यात प्रतिस्पर्धात्मकता वृद्धि र नवप्रवर्तन प्रवर्द्धनका लागि भइरहेको आर्थिक सुधारबारे जानकारी दिँदै जलविद्युत, पर्यटन, पूर्वाधार विकास र सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन युरोपेली संघलाई आग्रह गरे ।
नेपालले हासिल गरेको प्रगति र जारी सुधारलाई ध्यानमा राख्दै उनले युरोपेली संघ सदस्य राष्ट्रहरूलाई नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउने प्रक्रियामा सहयोग गर्न पनि आग्रह गरेका छन् ।
भेटमा बोल्दै युरोपेली संघकी नेपालका लागि राजदूत भेरोनिक लोरेन्जोले यस भ्रमणको उद्देश्य नयाँ सरकारप्रति युरोपेली संघको समर्थन पुनः पुष्टि गर्नु र नेपाल–युरोपेली संघबीच सहकार्यका अवसरहरू विस्तार गर्नु रहेको बताइन्। उनले डिजिटल शासन र प्रविधिमा युरोपेली विशेषज्ञता आदानप्रदान गर्न पनि संघ तयार रहेको जानकारी दिइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश
-
परराष्ट्रमन्त्री खनाल र सचिव राईबीच कार्यसम्पादन सम्झौता
-
बेलायतका प्रधानमन्त्री बर्नहम किभमा, युक्रेनलाई स्टोर्म स्याडो क्षेप्यास्त्र निर्माणको गोप्य प्रविधि दिदै
-
नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीलाई दियो १५५ रनको लक्ष्य
-
लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको सरकारलाई आग्रह
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।